आठ गोलको थ्रिलरमा बायर्न विजयी

म्युनिख । आठ गोल भएको रोमाञ्चक खेलमा साबिक विजेता बायर्न म्युनिखले एफसी अग्सबर्गलाई हराउँदै शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ ।
शनिबार भएको खेलमा बार्यन ५–३ गोलले विजयी बन्यो । बोरुसिया डर्टमण्ड साल्केसँग २–२ को बराबरीमा राकिएपछि बायर्नले शीर्ष स्थानमा अग्रता बनाएको हो ।
मेरग्रिम बेरिसाले अग्सबर्गलाई खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर जोआ क्यान्सेलो बायर्नका लागि पहिलो गोल गदै खेल बराबरी गरे । त्यसपछि बेन्जामिन पाभार्डले दुई गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा लिरोय सानेले बायर्नका लागि चौथो गोल थपे ।
दोस्रो हाफमा बेरिसाले पेनाल्टीबाट गोल गर्दै अग्सबर्गलाई खेलमा फर्काउने प्रयास गरे पनि अल्फोन्सो डेभिसले बायर्नका लागि पाँचौँ गोल गरे । खेलको इन्जुरी समयमा इर्भिन कार्डोनाले अग्सबर्गका लागि तेस्रो गोल थपे । २४ खेलबाट बायर्नको ५२ अंक रहेको छ भने डर्टमण्डको ५० अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह