सिटीको जितमा हालाण्डको निर्णायक गोल
आइतबार, २८ फागुन २०७९, ०९ : ११

अर्लिङ हालाण्डको निर्णायक गोलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो ।
क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन हालाण्डले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि दोस्रो हाफमा हालाण्डले गोल गरेका हुन् ।
खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै सिटीले २७ खेलमा ६१ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो