एम्बाप्पे र मेस्सीको साझेदारीमा पिएसजीकाे जित
आइतबार, २८ फागुन २०७९, ०८ : २६

काठमाडौँ । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै थप ३ अंक जोडन सफल भएको छ ।
ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो, तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक