स्ववियू निर्वाचन : गोरखामा ४ विद्यार्थी संगठनबीच तालमेल

गोरखा । गोरखामा चैत ५ गते हुने स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनबीच तालमेल भएको छ । शनिबार बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र नेपाल समाजवादी विद्यार्थी युनियनका नेताहरुबीचको बैठकले स्ववियू निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्लाका गोरखा क्याम्पस, द्रव्य शाह बहुमुखी क्याम्पस र भवानी बहुमुखी क्याम्पसको स्ववियू सभापतिका विषयमा भागबन्डा टुंग्याएको छ । जसमा गोरखा क्याम्पस अनेरास्ववियू –क्रान्तिकारी), द्रव्य शाह बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पसको स्ववियू सभापति नेपाल समाजवादी विद्यार्थी युनियनले पाउने भएका छन् ।
४ विद्यार्थी संगठनको बैठकले गोरखा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) लाई सभापतिसहित कोषाध्यक्ष र ३ सदस्य दिने निर्णय गरेको छ भने नेविसंघलाई सचिव र सहसचिवसहित ३ सदस्यको टुंगो लगाएको छ । अनेरास्ववियूलाई भने उपसभापतिसहित २ सदस्यको टुंगो लागेको छ । उक्त क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनलाई २ सदस्यको टुंगो लागेको छ ।
त्यस्तै द्रव्य शाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघलाई सभापति र कोषाध्यक्षसहित ३ सदस्यको टुंगो लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी) लाई उपसभापति र सचिवसहित ३ सदस्यको टुंगो लागेको छ । अनेरास्ववियूले भने सहसचिव र १ सदस्य पाएको छ । द्रव्य शाह बहुमुखी क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनलाई ३ सदस्यको टुंगो लागेको छ ।
हेर्नुहोस् बैठकको निर्णय :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक