स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ
शनिबार, २७ फागुन २०७९, २० : ४२

काठमाडौँ । राजधानीको प्रदर्शनमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी नेता मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुने क्रममा जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ घर भएका उनले खुकुरी निकालेर आतंक मच्चाएका थिए । उनी एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुमा आबद्ध रहेको बताइएको छ ।
घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरआर क्याम्पसमा खुकुरी आतंक मच्चाइएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ