प्रशान्त र प्रगतिलाई स्वर्ण

काठमाडौँ । मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् ।
जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नव मन्जुश्रीका सन्जिव जिरेल तथा ३६ केजीमुनि कोटेश्वरका इमोन राणा पहिलो भए ।
महिला ३० केजीमुनि नव मन्जुश्रीकी सिस्तोला कुइकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नव मन्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुदको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले साहसिक प्रस्तुति गर्ने क्रममा आफ्नो पेटमा १ सय ५० केजीको ढुंगा राखी फुटाउन लगाएका थिए ।
दुई दिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा