शालाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित
शनिबार, २७ फागुन २०७९, २० : २५

लण्डन । मोहमद शालाहले पेनाल्टीबाट गाेल गर्न नसक्दा लिभरपुल बोर्नेमाउथसँग पराजित भएको छ । पराजयसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लिभरपुलको सम्भावना धक्का लागेको छ । बोर्नेमाउथ भने रेलिगेसन जोनबाट माथि उक्लेको छ ।
गत हप्ता म्यानचेस्टर युनाइटेडमाथि ७–० को शानदार जीत हासिल गरेको लिभरपुल पहिलो हाफमा नै पछि परेको थियो । खेलको २८ औँ मिनेटमा फिलिप बिलिङले गोल गरेका थिए । उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
दोस्रो हाफमा लिभरपुलले पेनाल्टीबाट खेलमा फर्किने मौका पाए पनि लिभरपुलका सर्वाधिक गोलकर्ता शालाह गोल गर्नबाट चुकेका थिए । २६ खेलबाट लिभरपुलको ४२ अंकसहिल लिगको पाचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ २४ अंकसहित लिगको १६ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान