संयुक्त राष्ट्रसङ्घद्वारा इरान–साउदी अरेबिया सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको प्रशंसा
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।
“म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत्रुपमा अगाडि बढ्ने छ ।” संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।
ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उनले भने, “महासचिवले हालैको वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।” खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको “असल छिमेकी सम्बन्ध” लाई “आवश्यक” भनी वर्णन गर्दै डुजारिकले महासचिव “क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न” तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
चीन र अमेरिकाबीचको व्यापारबारे के भन्छ चिनियाँ थिंक ट्याङ्क ?