ली छ्याङ औपचारिकरुपमा चीनको नयाँ प्रधानमन्त्री निर्वाचित
शनिबार, २७ फागुन २०७९, १४ : ४०

बेइजिङ । राष्ट्रपति सी जिनपिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन्।
६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक भोट प्राप्त गरे। लीले कुल २,९३६ मत प्राप्त गरे । केवल तीन प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठ जना अनुपस्थित थिए। राष्ट्रपति सीका नजिकका सहयोगी मानिने उनी व्यावहारिकवादी मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
-
युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका
-
वीरगञ्जको जनजीवन सामान्य हुँदै