जनमत पार्टीको बटमलाइन : सहमति नभए मित्रवत् प्रतिस्पर्धा !

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारुढ दलहरुबीच साझा उम्मेदवारमा सहमति नभए आफ्नो पार्टीले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् । सत्तारुढ दलहरुबीच शनिबार बिहान बसेको बैठकमा भएको सहमति अनुसार नै गठबन्धनबाट तीन जनाको उम्मेदवार दर्ता भएको पनि दाबी गरे ।
पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राउतले निर्वाचनको आयोगले भनेको संविधानको धारा ३८ (४) को मर्मअनुसार आफूहरूले महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी दिए । राउतले आफ्नो उम्मेदवारको पक्षमा सहमति हुनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराका हौँ । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । भोलिसम्म समय छ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आशावादी छौँ ।’
उनले साझा उम्मेदवारमा सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता नहुने पनि स्पष्ट पारे । राउतका अनुसार पार्टीले मित्रवत् प्रतिस्पर्धाको बटमलाइनका साथ उम्मेदवार दर्ता गराएको प्रष्ट पारे । ‘हाम्रो उम्मेदवारलाई जनमत पार्टीसहित नागरिक उन्मुक्त र लोसपाले प्रस्ताव गरेको हो । हामीले यसअघि नै सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुन्छ भनेर हाम्रो बटमलाइन स्पष्ट पार्टी सकेका छौँ । हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ, योग्य हुनुहुन्छ, कानुनी पृष्ठभूमिबाट हुनुहुन्छ । त्यसैले वहाँले नै जित्नु हुन्छ ।’ साझा उम्मेदवारमा सहमति नभए पनि गठबन्धन नफुट्ने उनको भनाई थियो ।
यता उम्मेदवार झाले नेपालको संविधानको मर्मलाई पालना गर्नुपर्छ भनेर कानुनको छात्राको हैसियत उम्मेदवारी दर्ता गरेको बताइन् । उनले आधा आकाश ३३ प्रतिशत मात्र दिइरहेको अवस्थामा उपराष्ट्रपति पदमा महिलालाई उम्मेदवारी नदिने अवस्था सिर्जना गरिएको कारण पनि आफू उम्मेदवार बनेको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?