काठमाडौँ । चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट एक जना तथा सत्तारुढ गठबन्धनमा रहेका दलहरूबाट तीन जनाको उम्मेदवारी परेको हो ।
एमालेबाट पार्टीकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन् । उता उपराष्ट्रपति पदमा महिला कि पुरुषलाई उम्मेदवार बनाउने विषयमा अन्योलबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति नहुँदा जनमत पार्टी र जसपा नेपालले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । जनमतबाट ममता झा तथा जसपा नेपालबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया