उपराष्ट्रपति निर्वाचन
जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने
शनिबार, २७ फागुन २०७९, १२ : ५९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।
प्रमिला यादवको बारेमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘यसअघि रामसहाय यादवको बारेमा निर्णय भइसकेको थियो त्यही भएर प्रमिला यादवको बारेमा थप निर्णय गर्नुपरेन । तर प्रमिला यादवले पनि उम्मेदवारी दिनुहुन्छ ।’
कोशी प्रदेश सुनसरीका प्रमिला यादव राष्ट्रिय सभाकी सदस्य हुन् । उनी जसपाका राजनीतिक समितिका सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ