अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् ।
शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।
मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त