उपराष्ट्रपतिमा महिला र फरक समुदायबाट मनोनयन दर्ता गराउन अपिल

काठमाडौँ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले उपराष्ट्रपति पदका लागि आज हुन गइरहेको मनोनयन दर्तामा राजनैतिक दलहरुले सहमतीका आधारमा महिला र फरक समुदायबाट प्रतिनिधि सुनिश्चित हुने गरी मनोनयन दर्ता गराउन आग्रह गरेको छ । नेपालको संविधानको मौलिक हकको कार्यान्वयन र लैङ्गिक समानता तथा सामाजिक समावेशिताको सिद्धान्त अवलम्वन गरी राजनैतिक इमान्दारिता प्रर्दशनका लागि सबै राजनैतिक दलहरु र गठबन्धन सरकारसँग सञ्जालले आव्हान गरेको हो ।
अध्यक्ष श्याम कुमारी साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसो भएमा नेपालको संविधान र संविधानतः सुनिश्चित मौलिक हक समावेशिताको सिद्धान्त र महिलाको हक समेतको सुनिश्चित हुनेछ । संविधानको मौलिक हकको सम्मान र रक्षा गर्नु सबै राजनीतिक दलको दायित्व हो । लैङ्गिक समानता तथा सामाजिक समावेशिताको सिद्धान्त अवलम्वन गर्न र नेपालकै संविधानको मौलिक हक धारा ३८ मा सुनिश्चित गरिएको महिलाको हक सुनिश्चित गर्न समेत हामी महिला मानवअधिकार रक्षकहरु जोडदार माग गर्दछौँ ।’
संविधानको भाग ६ को दफा ७० ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ भनी व्यवस्था गरेको छ । यो व्यवस्थाले घुमाउरो पारामा पुरुष केन्द्रित कानूनी व्याख्या गर्न सहज बनाएको सञ्जालको भनाई छ । जसले गर्दा महिलाको मौलिक हकलाई उपेक्षा गर्दै फेरिपनि राज्यका प्रमुख पदहरुमा पुरुषहरुकै बाहुल्यता कायम गर्न खोजिएको देखिन्छ । उक्त प्रावधानमा विचको ‘वा’ शब्द को सट्टा ‘र’ शब्द उल्लेख भएको भए लैङ्गिक तथा सामाजिक समावेशीकरण दुवै सुनिश्चित हुने थियो । यसका लागि संविधान संशोधननै गर्नु पर्ने सञ्जालले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका