शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा लागुऔषध कारोबारीहरु पक्राउ

बुधबार, १६ फागुन २०७४, ११ : ०५
बुधबार, १६ फागुन २०७४

तनहुँ–  तनहुँ प्रहरीले शुक्लागण्डकी नगरपालिका–५ चिल्लिचौरमा लागुऔषधसहित २७ बर्षिय रवि गुरुङलाई नियन्त्रणमा लिएको छ । 

शंका लागि नियन्त्रणमा लिएर उनको शरीर खानतलासी गर्दा लागुऔषध डाईजेपाम ३२ थान, नुफिन ३७ थान र फेनारागन ३४ थान गरी जम्मा १०३ थान बरामद गरेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि मंगलबार बन्दिपुर गाउँपालिका १ मा शंकास्पद अवस्थामा भेटिएका लमजुङ सुन्दरबजार नगरपालिका–९ भोटेवडारका २१ वर्षिय सन्तोष गुरुङलाई नियन्त्रणमा लिई उनको शरिर खान तलासी गर्दा झोलाभित्र पानी टेप र पत्रिकाले  बाँधेर लुकाएको अबैध लागु औषध नाइट्राभेट ३ पत्ता (४५ चक्की), डाईजेपाम ५ थान, फेनरागन ५ थान र नुफिन ५ थान बरामद गरेको छ ।

लागुपदार्थ सहित पक्राउ परेका गुरुङद्वयलाई लागु औषध सम्बन्धि मुद्दा दर्ता गरीमंगलबार तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप