प्रधानमन्त्रीविरुद्धको मुद्दालाई सामान्यरुपमा लिएका छैनौं : नारायणकाजी श्रेष्ठ
नवलपरासी । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताएका छन् ।
बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताएका हुन् ।
'प्रधानमन्त्री प्रचण्डविरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन,' उनले भने,'तर सत्यनिरूपण तथा मेलमिलाप, बेपत्ता छानबिन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धी विधेयक संसदमा टेबुल गरिसकेका छौं।'
उनले उपराष्ट्रपति चुनाव सकिएलगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिए ।
बुटवल-नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै