विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस–माओवादीलाई चुनौती
जुम्ला । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कांग्रेस र माओवादीलाई चुनौती दिएका छन् । मिसन ग्रासरुट अन्तर्गत जुम्लाको तातोपानी–४, हाकुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले भने, ‘हिम्मत छ भने हामीसँग विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्नूस् । हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनूस्, त्यसपछि हामी पनि मानौँला ।’
आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँमा पठाउन थालेको बजेटकै निरन्तर गाउँमा रकम आउन थालेको र अहिले गाउँगाउँमा सिंहदबारको अवधारणा अघि बढेको चर्चा गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी एमाले मात्र हो ।’
नेपाल र नेपालीलाई बलियो बनाउन लागेकोमा चिन्तित भएका शक्तिहरुले एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको उल्लेख गर्दै उनले यसमा धेरै चिन्ता नभएको बताए । ‘किनभने, एमालेलाई जनताको समर्थन छ, हामीसँग विशाल कार्यकर्ता पंक्ति छ । यसैको बलमा हामी आगामी निर्वाचनबाट शानदार बहुमतका साथ सत्तामा पुग्नेछौँ । हामीलाई कुनै विदेशीले दिएको कलो खानु छैन, बरु भोकै बस्छौँ’, रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने