नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो : विनोद चौधरी

काठमाडौँ । सफल व्यवसायी एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नेपाल लगानीको सम्भावना नै सम्भावनाले भरिपूर्ण भर्जिन ल्याण्ड भएको बताएका छन् । शुक्रबार ललितपुरमा योङ्ग प्रेसिडेन्ट अर्गनाइजेशन सिंगापुर च्याप्टरका प्रतिनिधिहरुसँग कुरा गर्दै व्यवसायी चौधरीले स्रोत र साधनले भरिपूर्ण नेपालमा जतिपनि लगानीका सम्भावनाहरू रहेको बताएका हुन् ।
‘दक्षिण एशियाकै लामो इतिहास बोकेको नेपालमा सम्भावना नै सम्भावनाहरू रहेका छन् । ८ हजार रेञ्जमाथिका हिमाल, तराई पहाड, अनगिन्ती प्राकृतिक स्रोत साधनले भरिपूर्ण यस क्षेत्रमा पर्यटन व्यवसाय गर्छु भन्दा पनि अवसर छ । होटल व्यवसाय गर्छु भन्दा पनि सम्भावना छ । कुनै उद्योगमा लगानी गर्छु भन्दा पनि सम्भावना छ । यति मात्र होइन, ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भावनाकाबीच हाइड्रोमा लगानी गर्न सकिने अवसर समेत उत्तिकै रहेको छ’ चौधरीले भने ।
सोही अवसरमा व्यवसायी चौधरीले नेपाल–सिंगापुरबीचको शताब्दीऔं वर्षको सम्बन्धलाई लगानी आदान प्रदान गरेर थप विस्तार गर्न सकिने बताए ।
प्रयाप्त स्रोत र साधन हुँदाहुँदै पनि नेपाल आफैले लगानी गर्न नसकिरहेको अवस्थामा आपसी सम्बन्ध भएका मुलुकले लगानी गरी त्यसको फाइदा लिन सक्ने उनले बताए ।
यसैक्रममा व्यवसायी चौधरीले आफ्नै उदाहरण दिँदै भने, ‘मेरो जन्मभूमी नेपाल हो र व्यवसायको शुरुवात यहीँबाट गरे । तर, मैले व्यवसायलाई यहीँ मात्र सीमित गरिन कि अन्य राष्ट्रहरुमा समेत विस्तार गरिरहेको छु । तपाईँहरूले पनि आफ्नो देशको बिजनेसलाई नेपालसम्म चेनको रुपमा विकास गर्न सक्नुहुन्छ ।’
सोही अवसरमा चौधरीले आफू व्यावसायिक क्षेत्रको भएपनि राजनीतिक परिवर्तनका लागि देशको सेवाका लागि राजनीतिमा आएको बताए । देशको विकासका लागि नीतिगत तहमा नै नपुगी नहुने देखेपछि आफू जनतामा गएको र जितेर पनि आएको बताए । वर्षेनी रोजगारीको खोजीमा पचासौं हजार युवाहरु बाहिरिइरहेको अवस्थामा ती युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु आफ्नो पहिलो ध्येय भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप