पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा पाँच जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ गोपाल धर्मशाला बस्ने ५० वर्षीय शंकर राउत सोही ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषाकै गणेशमान चारनाथ नगरपालिका-६ गोदार दुर्गा मन्दिरस्थित फुलवारीमा सोही ठाउँ बस्ने ५० वर्षीय विन्देश्वर यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको बेसिसहर नगरपालिका-९ मझुवा खोलामा बर्दिया ज्वालामुखी गाउँपालिका-६ स्यालबास घर भई बेशिसहर नगरपालिका-८ डेरा गरी बस्ने ३४ वर्षीय गोप बहादुर बिक पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा ऊक्त खोलामा शव फेला परेको हो ।
यसैगरी नुवाकोटको उत्तरगया गाउँपालिका-५ बस्ने आईतराम तामाङकी छोरी १७ वर्षीया अस्मिता तामाङ बिदुर नगरपालिका-७ तुप्चेस्थित त्रिशुली खोलामा बिहीबार मृत अवस्थामा फेल परेकी छिन् । गत सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार