रणवीर अभिनीत ‘ब्रह्मास्त्र’को दुई सिक्वेल बन्ने

मुम्बई । अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव रञ्जन हुन् । फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।
यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म प्रमोसनको क्रममा रणवीरले ‘ब्रह्मास्त्र’को सिक्वेल समेत बन्ने बताएका छन् । वर्ष २०२३ को अन्त्यसम्म फिल्मको काम सुरु हुने उनले खुलासा गरेका हुन् ।
रणवीरले मिडियासँगको कुराकानीका क्रममा भने, ‘हामी ‘ब्रह्मास्त्र’ २ र ३ बनाउने तयारीमा छौँ । निर्देशक अयान मुखर्जी हाल फिल्मको लेखनमा छन् र आशा छ कि हामी यो वर्षको अन्त्य वा अर्को वर्षबाट फिल्ममा काम सुरु गर्नेछौँ । ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ