‘हल्कारा’ टिजर : चिठ्ठीमा वाचन भएको देशको अर्थ राजनीति
_19zdbD5jgP.jpg)
काठमाडौँ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ले टिजर सार्वजनिक गरेको छ । अगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्मको टिजर मार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्या रहेको अनुमान लगाउन सकिन्छ । मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरले सशक्त दृश्य भाषा र उही स्तरको कलाकारको अभिनयको छनक दिएको छ ।
अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको मुख्य भूमिका छ । फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनीता थापा मगर मियाको चरित्रमा छिन् ।
‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो, भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसै गरी फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।
यो फिल्ममा महेश र विनीता बाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राज भण्डारीको छायाङ्कन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंले गरेका हुन् । फिल्मलाई काठमाडौँमा जीजीएग्रुप र डीसीएन मिलेर वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडीले फिल्मको वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?