एआईजी बढुवा गर्न निर्वाचन आयोगले दियो अनुमति
![एआईजी बढुवा गर्न निर्वाचन आयोगले दियो अनुमति](https://rpcdn.ratopati.com/media/albums/nirbachan-nirwachan-election-1-aayog_ipBFTKZa6p.jpg)
काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन ।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिए । उनको राजिनामा स्विकृत भैसकेको छ ।
प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
-
ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल
-
मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन
-
खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)
-
आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
-
चोट र व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफी गुमाउने यी चर्चित खेलाडी