सरकारले दर्ता गर्यो बेपत्ता पारिका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक
काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ ।
सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद् सचिवालयमा दर्ता गरेको हो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद् सचिवालयमा बिहीबार(आज) दर्ता गरेको जानकारी दिए । उनले सो विधेयक संक्रमणकालिन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पारे । । मन्त्रिपरिषद्को आजैको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुईदिन भित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरुलाई वितरण हुने जानकारी गराए । उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद् बैठकमा पेस हुने उल्लेख गरे ।
सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडी बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उहाँले सभामुखले राजनीतिक दलहरुसँग छलफल गरी आगामी दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण