‘निफ’मा सिस्नुपानीले पनि ‘सेसन’ चलाउने

काठमाडौँ । आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ । स्थापित हास्य–व्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन चलाउने भएको हो ।
‘हास्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेका छन् । त्यसैगरी यस सेसेनको मध्यस्थता पत्रकार तथा संस्कृतिविज्ञ धिरेन्द्र प्रेमर्षिले गर्नेछन् । सिस्नुपानीको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित सिनेमा हलहरू काठमाडौँको सिभिल मल र छाया सेन्टर, पुलचोकको लबिम मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।
कार्यक्रमको उद्घाटन सिभिल मल सुनधारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती