राष्ट्रपति चुनावको मतगणना साढे ३ बजेदेखि, आजै प्रमाणपत्र दिइने

काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको निर्वाचनको मतगणना आजै सम्पन्न गरी विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरिने भएको छ । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधि तथा निर्वाचन आयोगका सदस्यबीच भएको छलफलमा सो सहमति भएको हो ।
नेम्वाङका प्रतिनिधि रहेका सांसद महेशकुमार बर्तौलाले आयोगसँगको छलफलमा मतगणनाका मापदण्डका विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘रामचन्द्रजीका प्रतिनिधि रमेश लेखकसहितको बैठकले कस्ता कस्ता मत बदर गर्ने, कस्ता मतलाई सदर गर्ने विषयमा छलफल भयो । यसअनुसार स्वस्तिक छापबाहेक मत सङ्केत गरेका मतपत्र बदर हुने सहमति भएको छ । त्यस्तै, मतपत्रको बाकस बाहेक अन्य ठाउँमा सङ्केत गरिएको मतपत्र पनि बदर हुने भएको छ ।
बर्तौलाका अनुसार साढे ३ बाट मतगणना सुरु हुनेछ । मतगणनास्थलमा संघीय संसद् र प्रदेशसभाको मतगणना फरक–फरक स्थानमा गरिनेछ । जसमा दुवै उम्मेदवारका १–१ जना प्रतिनिधि हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ