अदानी समूहद्वारा शेयरको आधारमा लिएको सबै ऋण चुक्ता
बिहीबार, २५ फागुन २०७९, १३ : ५९

नयाँ दिल्ली । उद्योगपति गौतम अदानी र उनको परिवारले अदानी समूहको शेयरले ग्यारेन्टी गरेका सबै ऋण समयअघि नै चुक्ता गरेका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले लन्डनमा भएको अदानी समूहका लगानीकर्ताहरूको बैठकमा यस्तो जानकारी दिएका हुन्।
लगानीकर्तालाई आश्वस्त पार्ने विश्वव्यापी अभियानअन्तर्गत लगानीकर्ताहरूको यो भेटघाट भएको ब्लूमबर्ग न्यूजको रिपोर्टमा उल्लेख छ । यसमा अदानी समूहले लगानीकर्ताहरुलाई कम्पनीको आर्थिक अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको आश्वस्त गरेको छ । यद्यपि रोयटर्सका अनुसार अदानी समूहबाट यस घटनाक्रममा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान