बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शुक्रबारबाट मध्यपूर्वका देशमा ‘छक्का पन्जा ४’ रिलिज हुने

बिहीबार, २५ फागुन २०७९, १३ : ३०
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । घरेलु बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको फिल्म ‘छक्का पन्जा ४’ मध्यपूर्वका देशमा भोलि शुक्रबारदेखि लाग्ने प्रदर्शनमा आउने भएको छ । मध्यपूर्वका यूएई, कतार, ओमान र बहराइनका देशको ५० बढी पर्दामा एकसाथ फिल्म रिलिज हुन लागेको विदेश वितरण कम्पनी नेपफिल्मस्ले जनाएको छ । नेपफिल्मस्ले फिल्मका रमेश ढकालले शुक्रबारबाट यूएई, कतार, ओमान र बहराइनमा रिलिज भएपनि अन्य देशमा पनि छिट्टै लाग्ने बताए । ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

रोजगारीको सिलसिलामा मध्यपूर्वका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपाली रहेका छन् । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत विभिन्न देशका रहेका एनआरएनले  फिल्म प्रदर्शनमा सहयोग समेत गरेका छन् ।  ‘छक्का पन्जा ४’  नेपालमा फागुन १९ गतेदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनको आज बिहिबार छैठो दिनसम्म पनि फिल्मले राम्रो ब्यवसाय गरिरहेकोछ ।

हेमराज बीसीको निर्देशन रहेको राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप