काठमाडौँ । संघीय संसद भवनमा अहिले राष्ट्रपति निर्वाचन जारी छ । संघीय र प्रदेशसभा सांसदहरुले मतदान गरिरहेका छन् । सोही क्रममा राष्ट्रपति निर्वाचनमा १० दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई अहिले फोटो खिच्न भ्याइनभ्याइ छ ।
पौडेलसँग बसेर फोटो खिच्ने सांसदहरुको भीड देखिन्छ । बिहान मतदान सुरू हुनुपूर्व नै संसद भवन पुगेका पौडेल पार्टी र गठबन्धनका सांसदहरूसँग फोटो खिच्न निकै उत्सुक र खुशी देखिन्छन् । सेल्फी खिच्न र पोज दिनलाई पौडेल निकै व्यस्त देखिन्छन् ।
प्रतिक्रिया