आकस्मिक अवतरण गरेको श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लगिने
बिहीबार, २५ फागुन २०७९, १२ : ०६

काठमाडौँ । प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।
सोही जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने श्री एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरण गरिएको जहाजमा चार जना चालक दलसहित ७४ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ