देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ: नेम्वाङ

काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठुलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ । त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रूपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु । जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो । जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछ । म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु । यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनपर्छ । अहिले देश र जनताको अघि सारै ठुलो चुनौती रहेको छ । त्यसैले देश, जनता र सबै राजनीतिक दल एक ठाउँमा उभिनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान
-
वीरगञ्जमा पक्राउ परेका चार जनामाथि ६ दिन म्याद थप