मतदान नगरेर राप्रपाले मलाई सहयोग गर्यो : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफूलाई नै सहयोग गरेको बताएका छन् । पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको स्पष्ट पारेका हुन् ।
बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका हुन् । उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा विषादी सेवनबाट एक युवकको मृत्यु
-
सुदूरपश्चिम प्रदेश सरकारलाई प्रभावकारी बनाउने प्रयास, राजनीतिक नियुक्ति शीघ्र गरिने
-
काठमाडौँ उपत्यकाको १ सय २१ ठाउँमा चेकिङ
-
प्रतिगमनको चलबलाहट र वामपन्थी कर्तव्य
-
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउछ : पूर्वराष्ट्रपति
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य