इन्जिनमा आगो लागेको श्री एयरलाइन्सको जहाजमा थिए ७८ यात्रु
बिहीबार, २५ फागुन २०७९, १० : २४

काठमाडौँ । बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ७८ जना यात्रु रहेको खुलेको छ । उक्त जहाजको इन्जिनमा उड्नेबित्तिकै आगलागी भएको थियो ।
उड्नेबित्तिकै इन्जिनमा आगलागी भएपनि चालकदलका सदस्यले विमान त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण गराउन सफल भएका छन् ।
विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले विमानलाई सुरक्षित अवतरण गराइएको र सबै यात्रु सुरक्षित रहेको बताए । ‘उड्नेवित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो ।’
उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गरासँगै विमान काठमाडौँमै फर्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बेलायती दम्पती पक्राउ
-
जापानमा हिम पहिरोको चेतावनी जारी
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’