नेपाललाई पीएनजीविरुद्ध सहज जितको अपेक्षा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । आजको खेलमा नेपालले सहज जित निकाल्दा नेपाललाई बाँकी तीन खेल जित्न पनि हौसला मिल्नेछ ।
नेपालले घरेलु मैदानमा हुने चार खेल जितेमा लिग–२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ । नेपालले पीएनजीसँग घरेलु मैदानमा तेस्रो पटक एकदिवसीय क्रिकेट खेल्दै छ । यो तीनै खेलमा पीएनजीले नेपाललाई हराएको छ ।
नेपालले अज दोस्रो खेल फागुन २ मा यूएईसँग खेल्नेछ । विश्वकप लिग–२ नेपाल ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?