ग्रीसमा रेल दुर्घटनाप्रति आक्रोश, ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा

एथेन्स । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् । साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन् ।
गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् । एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् ।
दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।
एथेन्सका प्रदर्शनकारी ५४ वर्षीय सिभिल इञ्जिनियर निकी सिउताले एएफपीसँग भने, “म मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न मात्र होइन, आफ्नो रिस र निराशा व्यक्त गर्न पनि आएको हुँ ।” “यो सरकार जिम्मेवारीबाट हट्नुपर्छ,” उनले भने ।
एथेन्समा करिब ३० हजार, ग्रीसको दोस्रो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह शहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेको ग्रीसका प्रहरी प्रवक्ताले एएफपीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ