अन्तर्राष्ट्रिय नारी दिवस : दोलखामा पञ्चेबाजा सहितको र्याली प्रदर्शन

दोलखा। दोलखामा बुधबार विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा ‘लैङगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।
दिवसको अवसरमा भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले महिलालाई अवसरबाट वञ्चित गराउनु र उनीहरुलाई विभेद गर्नु संकिर्णता र पुरातन सोचको उपज भएको बताए । उनले महिला पुरुष दुबैलाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनैतिक सबै क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा महिला अधिकारकर्मि एवं आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीले अपाङ्गता भएका बालिकाहरु हिंसा,बलात्कार र दुव्र्यवहारको सिकार भइरहेको बताउँदै समाज विकृत बनेकोमा दुख व्यक्त गरिन् । दिवसको अवसरमा भिमेश्वर नगरपालिकाका वडा नम्बर ५ का महिलाहरुद्धारा पन्चेबाजा र जिल्लाका महिलाहरुको सहभागितामा सातदोबाटो देखि भिमेश्वर नगरपालिकाको भवनसम्म बृहत र्याली आयोजना गरिएको थियो ।
कार्यक्रममा दोलखाका वरिष्ठ प्रहरी नायब निरिक्षक पुष्पा विष्ट, भिमेश्वर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुर्जा दाहाल र महिला अधिकारकर्मी एवं पूर्व कार्यापालिका सदस्य रुपा शाही भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा