टेबलटेनिसमा योङ्गीलाई स्वर्ण

काठमाडौँ । योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गल्र्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।
सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेस्रो भए ।
सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभीएमका आरिश शाक्य दोस्रो तथा एभीएमका कुशल र जयश्नु महर्जन तेस्रो बने ।
गल्र्स यु–१२ सिंगल्समा एभीएमकी श्रृया शाक्य पहिलो, एभीएमकै अर्सना महर्जन दोस्रो तथा मार्योकी सुरमाया शाक्य र एभीएमकी निर्भी श्रेष्ठ तेस्रो बने ।
यु–१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोस्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा