प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर भएकोमा अखिल नेपाल किसान महासंघको आपत्ति
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गरी जेल हाल्ने मागसहित मुद्दा दर्ता भएकोमा भर्त्सना गरेको छ ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै जनयुद्धसँग सम्बन्धित मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले तिनको निरुपण सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट हुनुपर्ने प्रस्ट पारेका छन् ।
तर यसको विपरीत प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन घटना र सोही सम्बन्धमा दिएका अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दर्ता गरिनु विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र नेपालको संविधान विरुद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको संविधान र कानुनको व्याख्याताका रुपमा रहेको सम्मानित सर्वोच्च अदालतले देशमा पुनः द्वन्द्व सिर्जना हुने, महान् जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरु, पीडापूर्ण जीवन बाँचिरहेका घाइते तथा अपाङ्ग योद्धाहरु, सहिद तथा बेपत्ताजनका परिवारहरुमाथि अपमान र अन्याय हुने एवं शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अवरोध सिर्जना हुने कुनै पनि कार्य गर्ने छैन भन्ने कुरामा हाम्रो दृढ विश्वास रहेको छ ।’
जनयुद्ध बिना सामन्ती शोषण र विभेदयुक्त, राष्ट्रघाती, जनविरोधी र भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर देशमा नयाँ गणतन्त्रात्मक व्यवस्था ल्याउन सम्भव थिएन भन्दै अध्यक्ष श्रेष्ठले जनयुद्धमै नेपाली जनताका हजारौं छोराछोरीले आफ्नो जीवन बलिदान गरेको पनि स्मरण गराएका छन् । ‘त्यसैले प्रतिगमन गर्ने, त्यो महान् जनयुद्धलाई अपराधीकरण तथा विद्रुपीकरण गर्ने, जनयुद्ध तथा त्यसको नेतृत्व र त्यसका योद्धाहरु, सहिद तथा सहिद परिवारलाई अपमान गर्ने कुरा जो कोहीबाट भए पनि सहन सकिँदैन,’ विज्ञप्तिमा चेतावनीसहित भनिएको छ, ‘तिनको विरुद्ध डटेर सामना गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति