राजनीति
राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय
बुधबार, २४ फागुन २०७९, २३ : ०२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।
बैठकले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बिहीबार (भोलि) हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्य र २८ जना प्रदेशसभा सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
लुम्बिनी प्रदेशका दुई औद्योगिक क्षेत्रः घोषणाको एक दशकपछि जग्गा यकिन, बल्ल सडक निर्माण सुरु
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची