प्रधानमन्त्री प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता
बुधबार, २४ फागुन २०७९, १६ : ४८
काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले भेटेका छन् । बुधवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई विप्लवले भेटेका हुन् ।
संक्रमणकालीन न्याय टुंगो लगाउन प्रचण्ड र विप्लवबीच भेटघाट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । भेटवार्तामा द्धन्द्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत टुंगो लगाउने विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताएको छ । प्रचण्डलाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी भएका थिए ।
संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा सबै पूर्व माओवादी नेताहरु एक ठाउँमा आइपुगेका छन् । पार्टी एकता गर्न नसकेपनि कार्यगत एकता गरेर जाने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म