शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारले गर्‍यो उपप्रधानमन्त्री श्रेष्ठसँग अन्तरक्रिया

बुधबार, २४ फागुन २०७९, १६ : ४३
बुधबार, २४ फागुन २०७९

दोहा । अतिकम विकसित मुलुक (एलडिसि)को पाँचौ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कतार भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारले भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । 

कतारको राजधानी दोहामा आइतबारदेखि अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन  भइरहेको छ । सम्मेलनमा नेपालबाट उपप्रधानमन्त्री श्रेष्ठले सहभागिता जनाएर मंगलबार स्वदेश फिर्ता भएका छन् । ९ मार्चसम्म हुने अतिकम विकसित राष्ट्रहरूको पाँचौ सम्मेलनमा भाग लिन कतार आएका उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा एनआरएनए कतारले बृहत् कार्यक्रम आयोजना गरी नेपालीहरुको सम्भावना र चुनौतीका बारेमा छलफल गरेको थियो । 

कार्यक्रममा अदक्ष कामदारका रूपमा विदेशिनु दुखद रहेको भन्दै यसको अन्त्य गर्नु सरकारको दायित्व रहेको बताए । उनले विकास र समृद्धिलाई तीव्रता दिनु आवश्यक रहेको बताए । श्रेष्ठले प्रवासी नेपालीले दिएका सुझावलाई सकारात्मक लिँदै अधिकतम कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीन बहादुर श्रेष्ठले देशको प्रमुख आय स्रोत रेमिटेन्स भएकाले वैधानिक स्रोतबाट रेमिटेन्स पठाउन सबैलाई आग्रह गरे । उनले विदेशमा रहेका नेपालीहरुले देशलाई धेरै माया गर्ने जनाउँदै सबैको सहकार्यमा देशको विकास गर्नुपर्ने बताए । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले रेमिटेन्सलाई वैधानिक बाटोबाट पठाउन अनुरोध गर्दै विदेशमा रहेका नेपालीहरुको देश विकासमा ठुलो योगदान रहेको बताए । 

कतारका लागी नेपाली राजदूत डा.नरेश विक्रम ढकालले उपप्रधानमन्त्रीको नेतृत्वलाई कतारमा स्वागत गर्दै आफूले नेपाली समुदायसँग सहकार्य गरेर काम गरिरहेको र गर्ने बताए । डा. ढकालले एनआरएनएले नेपाली समुदायको हक हितका लागि धेरै काम गरिरहेको जनाउँदै एनआरएनएको सराहना गरे । 

कार्यक्रममा एनआरएनए उपाध्यक्ष आरके शर्माले रेमिटेन्सको सही सदुपयोग गर्न  उपप्रधानमन्त्री श्रेष्ठ समक्ष आग्रह गर्दै रेमिटेन्सको १० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग गरे । शर्माले आफूले  पहिलेदेखि सरकारसँग यो विषयमा पटकपटक कुरा भएपनि लागू नभएकोमा दुःख व्यक्ति गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप