टेकुदेखि माइतीघर मण्डलासम्म स्वास्थ्यकर्मीको वाकाथुन
काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नारी दिवसको अवसरमा काठमाडौँको टेकुदेखि माइतीघर मण्डलासम्म वाकाथुन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महासंघले वाकाथुम कार्यक्रम सम्पन्न गरेको हो । वाकाथुन कार्यक्रमपछि माइतीघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अन्तर्राष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका बिरुद्ध आवाज उठाएको बताए ।
उनले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरूको पक्षमा ८ मार्चमा आवाज उठाउन सुरु गरेको स्मरण गरे । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालका उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालले महिलाहरू घरको काममा सिमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबै महिलाहरूले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्नेमा जोड दिइन् । स्वस्थ जीवयापनका लागि दैनिक हिँडन र फिजिकल व्यायाम गर्न उनले महिलाहरुलाई सल्लाह दिइन् ।
कोणसभामा महासंघका अध्यक्ष डा.झलक शर्मा गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारमुखी संस्था भएको जानकारी दिए । कार्यक्रममा करिव २०० स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)