एक महिनामा प्रतितोला ६ हजारले घट्यो सुनको मूल्य
![एक महिनामा प्रतितोला ६ हजारले घट्यो सुनको मूल्य](https://rpcdn.ratopati.com/media/albums/gold_B9N3ARO4up.jpg)
काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनले माघ १९ गते कीर्तिमानी मूल्य कायम गरेको थियो । उक्त मितिमा सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।
तर, त्यसयता सुनको मूल्य निरन्तर घटेर कारोबारमा आइरहेको छ । आज फागुन २४ गतेसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा माघ १९ गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यसअनुसार उक्त मूल्य नेपाली बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो ।
यस्तै, उक्त मितिमा चाँदीको मूल्य तोलामा १ हजार ३९५ रुपैयाँ कायम थियो । तर, त्यसयता निरन्तर मूल्य घट्दै १ हजार २२५ रुपैयाँमा आइपुगेको छ । यस अवधिमा चाँदीको मूल्य तोलामा १७० रुपैयाँ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माटोका सामाग्री बनाएर प्रेमिल जोडीहरूले देखाए माया, तस्बिरहरु
-
प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ८ दिनको म्याद थप
-
मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
-
‘स्थानीयको गुनासोका आधारमा कवाडी संकलन र भण्डारणमा रोक लगायौँ’
-
निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : महामन्त्री थापा
-
इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने