बाहुबलीकी नायिका तमन्ना भाटियाले नेपालमा मनाइन् होली
बुधबार, २४ फागुन २०७९, ११ : ४६

‘बाहुबली : द बिगिनिङ’ की नायिका तमन्ना भाटिया हाल नेपालमा छिन् । उनले नेपालमा होली मनाएकी छिन् ।
नेपालमा होली मनाएको तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी छिन् । गालामा रातो रङ लगाएको पाँच वटा फोटो इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’
पर्यटन बोर्डका प्रवक्ता मनिराम लामिछानेले तमन्ना औपचारिकभन्दा पनि निजी भ्रमणमा आएको जानकारी दिए ।
तमन्ना भारतीय अभिनेत्री हुन् । उनी तेलुगु, तमिल र हिन्दी सिनेमामा सक्रिय छिन् । ८० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी विशेषतः बाहुबलीका लागि चर्चित छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू