कालोमोसो दल्ने प्रसाईंको आन्दोलनमा हाम्रो समर्थन छैन : व्यवसायी
काठमाडौँ । बैंकको ब्याजदर वृद्धि विरुद्ध आन्दोलनरत व्यवसायीहरुले दुर्गा प्रसाईंको ब्याज नतिर्ने आन्दोलनमा आफूहरुको साथ नरहेको बताएका छन् । देशभरका ९ वटा महासंघ र ५२ वटा संघ मिलेर बनेको संघर्ष समितिका संयोजक नरेश कटुवालले प्रसाईले सुरु गरेको आन्दोलनमा आफुहरुको साथ नरहेको बताएका हुन् । यतिबेला व्यवसायी दुर्गा प्रसाईँले बैंकहरुको ब्याजदर नतिर्ने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियान सुरु गरेका छन् । यहीको परिणामस्वरुप जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको छ ।
प्रसाईँले ब्याज नतिर्ने र ऋण मिहना गर्नुपर्ने घोषणा सहि देशव्यापी अभियान सुरु गरेपछि यसअघि देखि नै आन्दोलनमा रहेका व्यवसायीले भने साथ नरहेको बताएका हुन् । रातोपाटीसँगको कुराकानीमा आफूहरुको आन्दोलन ब्याज महँगो भएको र संकटको समयमा ऋण र ब्याज तिर्ने समय थपनुपर्ने विषयमा केन्द्रीत भएको कटुवालले बताए ।
कटुवालको नेतृत्वमा संघर्ष समितिले २ पटक बैंकविरुद्ध आन्दोलन गरिसकेको छ । तर, आफुहरुको आन्दोलनको मूल उद्देश्य ब्याज र सावा नै नतिर्ने भन्ने नरहेको कटुवालको भनाइ छ । ‘व्यवसायीहरु सावा र ब्याज तिर्न चाहन्छन् । तर, संकटको समयमा बैंकले समस्यामा पार्न भएन भन्ने मात्रै हो,’ कुटवालले भने, ‘व्यवसायीहरु बैंकको रकम सुरक्षित राख्न चाहन्छन् र बैंक डुब्नबाट रोक्न चाहन्छन् । संकटको समयमा राहत मागेको मात्रै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा