सि.डी.बिजय अधिकारीको ‘मन माग्यौ मन दिएँ’ बजारमा (भिडियोसहित)
मङ्गलबार, १५ फागुन २०७४, १९ : ०८
काठमाडौं– गायक सि.डी. बिजय अधिकारीको स्वरमा रहेको ‘मन माग्यौ मन दिएँ, मुटु माग्यौ मुटु दिएँ’ बोलको गीत सार्वजनिक भएको छ । निकै मार्मिक उक्त गीतलाई रक्षा म्युजिक कम्पनीबाट सार्वजनिक गरिएको हो । प्रेमसागर पौडेलको शब्द संगीतमा रहेको उक्त गीतको संगीत संयोजन हेमन्त शिशिरले गरेका छन् ।
‘मन माग्यौ मन दिएँ, माया माग्यौ माया पनि दिए, अब के माग्छ्यौं र प्रिय म आफैं रित्तिएँ’ बोलको गीतमा एउटी युवतीले दुईतिर प्रेम गर्दा अर्को केटाको पीडालाई देखाइएको छ । युट्वमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । उक्त भिडियोमा मिलनसिंह, सागर पाण्डे, बन्दना अर्याल र बाल कलाकार कृष्टि केसीले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित