ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौँ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।
दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।
पुलिस पहिलो जितको खोजीमा हुनेछ । यता हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । दुबै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए ।
दशरथ रंगशाला मै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ । पहिलो जितको खोजीमा रहेका दुबै टोलीले पहिलो खेल बराबरी खेलेका थिए ।
च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको लिगमा विजेताले ७५ लाख पुरस्कार पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले
-
पोखरामा कांंग्रेस-एमाले वडाध्यक्षको अश्लील गाली, टेबुलमा मुड्की बजारेपछि स्थगित भयो बैठक
-
सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?
-
बोर्ड अध्यक्षको पहिलो निर्णय : एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति