चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–० को जित निकालेको छ ।सो जीतसँगै इङ्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरे मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो हाफको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए भने ५०औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पायो ।
बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले पेनाल्टीको जोडदार माग गरयो तर रेफ्रीले पेनाल्टी दिन आनाकानी गरिरहे तर चेल्सीले ह्यान्ड बल नै भएको अडान लिए पछि अन्ततः रेफ्रीले भिएआरको सहायता लिँदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थिए । तर, काई हाभर्टजले भने सो पेनाल्टी चुकाए ।
अन्ततः ५३औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काई हाभर्टजले चेल्सीको अग्रता दोब्बर मात्रै पारेनन्, सो नै पेनाल्टी गोल नै चेल्सीलाई क्वाटर फाइनलमा जानका लागि पर्याप्त भयो ।
चेल्सीको क्वाटर फाइनल यात्रासँगै डर्टमुन्ड भने अन्तिम १६ बाटै बाहिरिन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा