अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला चेम्बरद्वारा उद्यमी महिलालाई सम्मान

काठमाडौँ । नेपाल महिला चेम्बरले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौँको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरूलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ हुनुहुन्छ ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन ।
त्यसैसरि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको जिकिर गर्दै उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । पुरुषका तुलनामा महिलाहरूलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्ने औँल्याए ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलाहरूलाई अघि बढन हौसला मिल्ने बताइन् । अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको अध्यक्ष श्रेष्ठले बताइन् । महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागिता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’