नेपाल बारले भन्यो–शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार र आयोगहरू नै जिम्मेवार
काठमाडौँ । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी रहेको बताएको छ ।
नेपाल बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा आफ्नो कार्य क्षेत्राधिकार अन्तरगतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने भएकाले सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना गर्नु जायज नहुने उल्लेख छ ।
‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने उद्देश्यले बिगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरूले आफ्नो क्षेत्राधिकार अन्तर्गतका कार्यहरू गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो कार्य क्षेत्राधिकार अन्तर्गतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको पाइएकोमा यस एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संविधानतः गठित आयोग एवम् न्यायिक निकायहरूले आ–आफ्नो दायित्व निर्वाह गरी कार्य सम्पादन गर्ने भन्दै बारले ती निकायहरूलाई प्रभावित हुने गरी कुनै पनि गतिविधिहरू नगर्न नगराउन सबैमा आह्वान गरेको छ ।
शान्ति प्रक्रियाको समयोचित निरूपण नभई रहेको परिप्रेक्षमा हाल विभिन्न क्षेत्रबाट शान्ति प्रक्रिया एवम् सम्बन्धित विषयहरू र न्यायालयको नियमित क्षेत्राधिकार सम्बन्धमा उठिरहेका प्रतिक्रियाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’