सरकारका वाणिज्य नीतिहरू तथ्य र तथ्याङ्कमा आधारित छैनन्: प्रा. डा. वाग्ले

काठमाडौँ । अर्थविद् तथा काठमाडौँ विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलबार काठमाडौँ विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सरकारले बनाउने वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताएका हुन् ।
उनले नेपालमा उत्पादन भएका वस्तुहरूको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले भने,‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरू बनिरहेका छन् । त्यस्ता नीतिहरू तथ्य तथ्याङ्कमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन् । कुन आकारमा निर्यात हुन्छ । अहिलेसम्म सरकारले बनाएका नीतिहरू के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ ।’
उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए । सम्मेलन मंगलबार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरूको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?